Calender
RFL Charali Branch Sign Agreement with Charali Khanepani for Billing Counter
October 11, 2021

RFL Charali Branch Sign Agreement with Charali Khanepani for Billing Counter

रिलायन्स फाइनान्स लिमिटेडले ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने क्रममा झापा जिल्ला मेचीनगर नगरपालिका चारआली स्थित चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ग्राहकहरुको महसुल संकलन गर्ने विलिङ्ग काउन्टर रिलायन्स फाइनान्स लि. चारआली शाखामा संचालन गर्ने सम्झौता गरेको छ । यसबाट खानेपानीका उपभोक्ताहरुलाई खानेपानीको महसुल भूक्तानी गर्न सहज हुने विश्वास लिएको छ । उक्त सम्झौता यस संस्थाका क्षेत्रीय प्रबन्धक श्री जिवन श्रेष्ठ र चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्री मधुसुदन निरौला, सचिब श्री टंक रिजाल तथा कोषाध्यक्ष कमला लिम्बुको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 
नेपाल राष्ट्र बैकबाट ग बर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६-८-१० मा प्राप्त गरी मिति २०६६-०८-१८ बाट संस्थाको प्रधान कार्यालय का.म.न.पा. २८ प्रदर्शनी मार्गबाट आफनो कारोबार शुरु गर्दै आएको यस संस्थाले न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापा, गोरखा बजार गोरखा, मणीग्राम रुपन्देही, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरीया, दमक, विर्तामोड, धुलाबारी, टाँडी र भैरहवा शाखा कार्यालयहरूबाट कारोबार गर्दै आएको छ ।

संस्थाले निक्षेप तथा कर्जाका अतिरीक्त सेवाग्राहीहरुलाई Mobile Banking ( Reliance Smart App), ATM, Remittance, CASBA, Electronic Cheque Clearing (ECC), IPS , Connect IPS, CorporatePay, SMS Banking, ABBS, SCT MoCo समेतका सेवाहरू प्रदान गर्दै आएको  छ ।

  

GO DIGITAL, Explore the unlimited

DIGITAL BANKING Experience with Reliance Finance