Calender
घर जग्गा खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना |
October 7, 2020

घर जग्गा खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना |

रिलायन्स फाइनान्स लि.
प्रर्दशनीमार्ग , काठमाण्डौ


घर जग्गा खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना
(प्रकाशित मिति  २०७७/०६/१८)


यस संस्थाको केद्रिय कार्यालय राख्ने प्रयोजनका लागि तपसिल बमोजिमको स्थान र परिमाणामको घर/जग्गा बोलपत्रको माध्यमबाट खरिद गर्नु पर्ने भएकोले सूचनामा तोकिए बमोजिमको स्थान भित्र पर्ने सम्बन्धीत घर/जग्गाधनीहरुबाट देहायका शर्तहरुको अधिनमा रहि रितपूर्बक सिलबन्दी बोलपत्र संस्थाको कार्यालय प्रदर्शनीमार्ग काठमाण्डौमा यो सुचना प्रकाशित मितिले १५ दिन भित्र पेश गर्न हुन सुचित गरिन्छ ।


तपशिल
खरिद गरिने अचल सम्पत्ति घर/जग्गाको विवरण ः

क्र.स. घर/जग्गाको क्षेत्रफल आवश्यक घर/जग्गाको विवरण
कम्तीमा ५ आना देखी २० आना सम्मको सम्मको क्षेत्रफलमा बनेको घर जग्गा वा जग्गा ।  (घरको हकमा कम्तिमा ९००० बर्ग फिट क्षेत्रफल भएको र पार्किङ्ग गर्ने सुविधा भएको हुनु पर्नेछ ।)
कम्तीमा २५ फिट बाटोको सुविधा रहेको प्रदर्शनी मार्ग, पुतलीसड्क, रामशाहपथ, बागबजार, कमलादी, हात्तीसार र कमलपोखरी क्षेत्रमा रहेको घर/जग्गा ।
कम्तीमा २५ फिट बाटोको सुविधा रहेको प्रदर्शनी मार्ग, पुतलीसड्क, रामशाहपथ, बागबजार, कमलादी, हात्तीसार र कमलपोखरी क्षेत्रमा रहेको घर/जग्गा ।

 

शिलबन्दी बोलपत्र सम्बन्धि शर्तहरु ः

१) बोलपत्रवालाले कुनै मुद्धा मामिला, खरखिचोला नभएको आफुले विक्री गर्न चाहेको घर/जग्गाको कित्ता नं., क्षेत्रफल खुल्ने जग्गाधनी प्रमाणपुर्जा, नापी नक्सा, ट्रेस नक्सा, घरको हकमा नक्सा पास प्रमाणपत्र, गत आ.ब सम्मको कर तिरेको रसिद, घर जग्गाको चारकिल्ला प्रमाणित भएको कागजात सहित सिलबन्दी बोलपत्र यस संस्थामा पेश गर्नु पर्नेछ ।
२) बोलपत्र साथ घर/जग्गामा कुनै किसिमको कानुनी खर/खिचलो, मुद्धा मामिला तथा अरु कसैको हकदावी नभएको, सड्क विस्तार योजनामा नपरेको कुराको सुनिश्चितता पत्र पेश गर्नु पर्नेछ ।
३.   यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र घर/जग्गा विक्रीको गोप्य सिलबन्दी बोलपत्र भनी स्पष्ट रुपमा खाम बाहिर लेखि संस्थाको प्रधान कार्यालय प्रदर्शनीमार्ग, काठमाण्डौमा बुझाउनु पर्नेछ । सो बोलपत्र १६ औ दिनमा दिनको २ः०० बजे, सो दिन विदा परे सो को भोलिपल्ट खोलिने छ ।
४.   बोलपत्र फाराम यस संस्थाको सामान्य सेवा विभाग बाट रु.१,०००/ -भुक्तानी गरि प्राप्त गर्न सकिनेछ ।
५. विक्री गर्न चाहेको उल्लेखित घर/जग्गा के कति रकममा विक्री गर्ने हो । सो रकम अंक तथा अंक्षरमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईने छ ।
६. बोलपत्र खोलिने दिन समय भित्र बोलपत्रवाला वा निजको प्रतिनिधि उपस्थित हुन यसै सुचनाद्धारा जानकारी गराइन्छ । निजहरुको उपस्थित नभएपनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
७. म्याद नाघी वा रित नपुगी आएका तथा शर्त राखि दिएको बोलपत्र उपर कुनै कार्वाही गरिने छैन ।
८. बोलपत्र स्वीकृत भएमा सम्बन्धित बोलपत्र दाताले सो को सुचना गरेको मितिले १५ दिन भित्र आवश्यक कागजातहरु पेश गरि जग्गा नामसारी गरि दिनु पर्नेछ ।
९. कुनै कारण जनाई वा नजनाई बोलपत्र स्वीकार गर्ने नगर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ ।
१०.जग्गा खरिद विक्री रजिष्ट्रेशन पारित गर्दा विक्रीकर्ताले तिर्नु पर्ने घर जग्गा कर, लाभ कर विक्रीकर्ता आफैले ब्यहोर्नु पर्नेछ ।
११. अन्य कुराहरुमा संस्थाको आर्थिक प्रशासन विनियमावली र प्रचलित कानूनमा उल्लेख गरे बमोजिम हुनेछ ।

 

GO DIGITAL, Explore the unlimited

DIGITAL BANKING Experience with Reliance Finance