
रिलायन्स फाइनान्स लिमिटेडको रूपन्देही जिल्ला, तिलोत्तमा न.पा वडा नं ५ मणीग्राममा दशौं शाखा कार्यालयको विधिवत समुद्घाटन नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पूर्व रक्षा मन्त्री माननीय श्री बालकृष्ण खाँडज्यूबाट सू-सम्पन्न भयो । रिलायन्स फाइनान्स लिमिटेडका अध्यक्ष श्री कुश प्रसाद मल्लीज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैँकका निर्देशक तथा सिध्दार्थनगर भैरहवाका प्रमूख श्री राजेन्द्र भट्टराईज्यू तथा तिलोत्तमा न.पा वडा नं ५ का वडा अध्यक्ष श्री चेतनारायण भण्डारीज्यूले शुभकामना प्रदान गर्नु भएको र कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरूलाई संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीज्यूले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा वाणिज्य संघ तिलोत्तमाका अध्यक्ष श्री गुणनिधी भण्डारी, उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष श्री खिम बहादुर हमाल, उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू तथा व्यवसायीहरूको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।