नेपाल क्लियरिङ्ग हाउसको सञ्चालकमा रिलायन्स फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ नियुक्त ।

नेपाल क्लियरिङ्ग हाउसको ११९ औं सञ्चालक समितिको बैंठकबाट फाइनान्स कम्पनीहरुका तर्फबाट रिलायन्स फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गरेको छ ।यस अघि फाइनान्स कम्पनीमा सञ्चालक रहेका सुनिल पन्तले प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त सञ्चालक पदहरु रिक्त रहेको थियो ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एक जना गरि जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालकमा रिलायन्स फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *